

काठमाडौँ । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् ।
केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् ।
गल्फन्यूजका अनुसार सो रकमको चिठ्ठा जित्ने उनी पहिलो नेपाली हुन् ।
‘म त निकै खुसी छु’ उनले भने- शनिवार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’उनले भनेका छन् ।