सशस्त्र प्रहरीले माग्यो ठुलो संख्यामा इन्सपेक्टर र असई, आवेदन कहिलेसम्म ? -Sutra News

सशस्त्र प्रहरीले माग्यो ठुलो संख्यामा इन्सपेक्टर र असई, आवेदन कहिलेसम्म ? 

शुक्रबार, ७ असोज २०७९

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

 

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट