काठमाडौँ ५ मा इश्वर पोखरेललाई पछार्ने दाउमा प्रदीप, प्रदीपले ल्याए यस्ता चुनाव जित्ने आधारहरु-Sutra News

काठमाडौँ ५ मा इश्वर पोखरेललाई पछार्ने दाउमा प्रदीप, प्रदीपले ल्याए यस्ता चुनाव जित्ने आधारहरु

सोमबार, २८ कार्तिक २०७९

सोमबार, २८ कार्तिक २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा निर्वाचित भएर संसदमा प्रवेश गर्न चाहान्छन् कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेल । जसका लागि उनी अहिले आफ्नो क्षेत्रका हरेक घर–घरमा पुगिरहेका छन् ।



प्रदीप टेस्टेड एमाले नेता इश्वर पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् । पौडेल आइतबार धापासी हाइटको क्षेत्रमा घरदैलो कार्यक्रममा ब्यस्त रहे ।घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका पौडेल मात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् । जुन दृश्यहरु सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेका छन् ।

आइतबार नै धापासी क्षेत्रमा प्रदीप पुग्दा ८४ वर्षका एक बृद्ध मतदाताले उनलाई आर्शिवाद दिँदै भने ‘बाबु यहाँ सबैले धेरैथरी नारा दिए तर, तपाईलाई आर्शिवाद छ जितेर आएर यो क्षेत्रको अविभावक बन्नुहोस् ।’

उनले थप भनेका थिए, ‘तपाई भष्टाचार विरोधी नेता हुनुहुँदो रहेछ । मैले टिभीमा हेरेको । तपाईको विचार राम्रो लाग्यो । यहाँलाई मेरो शुभकामना छ ।’प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन ।

प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।

संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट