

काठमाडौं– प्रतिनिधि सभा तर्फको झापा–३ मा भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका छन्।
बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए।
लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतले पराजित गरेका हुन्। ०७४ को निर्वाचनमा पनि लिङ्देनसँग सिटौला पराजित भएका थिए।