प्रचण्ड-ओलीबीच वार्ता: मिलेर अगाडी जाने विषयमा छलफल-Sutra News

प्रचण्ड-ओलीबीच वार्ता: मिलेर अगाडी जाने विषयमा छलफल

बिहिबार, ८ मंसिर २०७९

बिहिबार, ८ मंसिर २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ ।



पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएपछि उनीहरुबीच वार्ता भएको हो ।

प्रचण्डको सचिवालयले ओलीको फोन आएको पुष्टि गर्दै भन्यो, ‘उहाँले मिलेर अघि बढ्ने कुरा गर्नुभएको छ । बसेर छलफल गर्न कुनै समस्या नरहेको हाम्रो अध्यक्षको जवाफ थियो ।’

स्रोतका अनुसार उनीहरुनिकट नेताहरु सो विषयमा छलफल गर्न सुरु गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट