संसद भवन अगाडि आत्मदाह गरेका आचार्यकी श्रीमतीले प्रहरीमा दिइन् जाहेरी-Sutra News

संसद भवन अगाडि आत्मदाह गरेका आचार्यकी श्रीमतीले प्रहरीमा दिइन् जाहेरी

शनिबार, १४ माघ २०७९

शनिबार, १४ माघ २०७९

काठमाडौं – काठमाडौँको नयाँ बानेश्वरमा आफैमाथि आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।



अधिकारीले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन् । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा उल्लेख भएका व्यक्ति र संस्थाको नाम किटेर श्रीमती नानुकाले जाहेरी दिएकी हुन् ।

जाहेरीमा भनिएको छ “मृतक श्रीमान्ले आफ्नो फेसबुकमा आत्महत्या गर्नुअघि पोष्ट गरेको मृत्युकालीन घोषणालाई म जाहेरवालीले मेरो फेसबुकबाट उतारेको प्रमाण र मेरो शङ्काको आधारमा १२ कसुरदार रहेको किटानी जाहेरी पेश गर्दछु”

जाहेरीमा आचार्यले फेसबुक स्ट्याटसमा नाम उल्लेख गरेको कलेज, विभिन्न कम्पनी र उद्योगीको नाम पनि लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट