सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक-Sutra News

सिंहदरवारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक

मंगलबार, २४ माघ २०७९

मंगलबार, २४ माघ २०७९

काठमाडौं, २४ माघ । प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ । सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो । 



बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा केन्द्रित रहेको छ । 

राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहाँनियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट