वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले समर्थन गर्ने-Sutra News

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले समर्थन गर्ने

आइतबार, १९ चैत्र २०७९

आइतबार, १९ चैत्र २०७९

पोखरा – उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले नेपाल उद्योग बाणिज्य महासंघको आउँदो निर्वाचनमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने भएको छ । शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठलाई जिताउनको लागि समर्थन गर्ने निर्णय गरेको हो ।



बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो । प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । आफू सर्वसम्मत उम्मेदवार घोषणा भएपछि श्रेष्ठले आफ्नो उमेद्दवारीलाई सबै सदस्यहरुले सर्वसम्मतरुपमा सहयोग गर्ने भएकोमा धन्यवाद दिए ।

उनले उद्योगीहरुको समस्या र चुनौतीहरुलाई समाधान गर्न अघि सर्ने बताए । उनले भने गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु । उहाँहरुको भावनालाई कदर गरेर आगामी दिनमा उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु

आउँदो चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको आशन्न ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट