चार दलले मात्र बुझाए, संसदीय समिति सदस्यको नामावली-Sutra News

चार दलले मात्र बुझाए, संसदीय समिति सदस्यको नामावली

आइतबार, ३१ बैशाख २०८०

आइतबार, ३१ बैशाख २०८०

काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएका छन् ।



तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादीले भने संसदीय समितिको नाम बुझाउन सकेनन् । यसमध्ये नेकपा एसको भागमा एक सिट पनि परेन ।
नेकपा एमालेले समिति सदस्यमा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्तीलाई साे समितिमा सिफारिस गरेको छ भने रास्ववबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाइएको छ ।

कांग्रेस र माओवादीबाट नाम आइनसकेकाले शुक्रबारको बैठकमा सदस्यहरूको नाम मनोनयन हुन नसकेको संघीय संसद सचिवालय स्रोतले बताएको छ । गठबन्धनमा रहेका दलले नेकपा एसलाई पनि एक सदस्य दिनुपर्ने अडान राखेका थिए ।

यसअघि समिति सदस्य संख्या निर्धारण गर्न प्रमुख दलबीचको बैठकमा सत्ता पक्षको तर्फबाट विशेष समितिमा १२ मध्ये दलहरूको सांसद संख्याको अनुपात निकाल्दा कांग्रेसबाट ३.८८ प्रतिशतले ४ सदस्य रहने र एमालेबाट एमाले ३.४९ प्रतिशतको हिसाबले ३ सांसद रहने प्रस्ताव गरिएको थियो ।

राष्ट्रियसभाबाट भने कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनयन भइसकेका छन् ।
समितिमा नेपाली कांग्रेस र एमालेका समान ५/५ जना सांसद हुनेछन् । त्यस्तै माओवादी केन्द्रबाट २, र रास्वपा, राप्रपा र जसपाबाट १र१ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट