‌ऐश्वर्या उमेरले ५० निकट तर पारिश्रमिक झण्डै सुपरस्टार हिरोको हाराहारी, जान्नुस् कति?-Sutra News

‌ऐश्वर्या उमेरले ५० निकट तर पारिश्रमिक झण्डै सुपरस्टार हिरोको हाराहारी, जान्नुस् कति?

आइतबार, १४ जेष्ठ २०८०

उमेरका हिसाबले पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चन ५० टेक्ने तयारीमा छिन्। यसै वर्षको नोभेम्बरमा उनी ५० वर्ष लाग्नेछिन्।

अन्य अभिनेत्रीको उमेर ढल्दै जाँदा सिनेमा खेल्दा पारिश्रमिक कम हुँदै जानेमात्र होइन, हिरोइनका रुपमा अभिनय गर्ने चाहानामा ब्रेक लागिसक्छ।

तर सुन्दरतासँगै आफ्नो कामबाट समेत चर्चित रहेकी ऐश्वर्याको हकमा भने यो अपबाद बनिरहेको छ। त्यसैले उनलाई सिनेमाको प्रस्तावमा कुनै कमी आएको छेन। उनलाई अझै पनि नायिकाकै रुपमा सिनेमा प्रस्ताव हुने गरेको छ।

गत वर्ष र यस चर्ष उनले मणिरत्नमको ‘पोनियन सिल्भन’ सिनेमाका दुई भागमा उनी मुख्य पात्रका रुपमा नै देखा परिन्। उनको सुन्तदरता र अभिनय दुबैले पर्दामा जादु छर्‍यो।

योसँगै उनले यो सिनेमाका लागो सिनेमाका प्रमुख अभिनेता चियान विक्रम भन्दा थोरै कम रकम सिनेमा खेले बापत लिएको खुल;सा भएको छ।

बलिउड समाचार तथा वक्सअफिस रिपोर्टका चर्चित वेबसाइट कोइमोइ डटकमका अनुसार ५ सय करोड भारुको लागतमा तयार भएको सिनेमाका लागि विक्रमले प्रति भाग १२ करोड भारु लिदां ऐश्वर्याले उनको भन्दा २ करोड कम अर्थात २० करोड भारु पारिश्रमिक बुझेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट