खैरो हेरोईन कारोवार गर्ने ६ जना पक्राउ-Sutra News

खैरो हेरोईन कारोवार गर्ने ६ जना पक्राउ

आइतबार, १४ जेष्ठ २०८०

नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोले अवैध लागु औषध खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा खैरो हेरोइनको अवैध कारोवार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा खैरो हेरोईन कारोवार गर्ने नेटवर्कको गिरोह सहित ६ जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीले झापा विर्तामोड घर भएका किरण कन्दङवालाई बौद्धको एक होटलबाट खैरो हेरोइन २० ग्राम र ७ लाख ४० हजार सहित पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा उनको कारोवारको नेटवर्क पहिल्याउने क्रममा झपाका बिजय लिम्वु, माधव मेचे, विनोद लिम्वु र भारत दार्जलिङका शिव घोष र श्यामली सोरेनलाई पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए।

खैरो हिरोइन भारतबाट झापा हुँदै काठमाडौं आइपुग्ने गरेको देखिएको उनले बताए ।

त्यस्तै व्युरोले ३ किलो ६ सय ग्राम लागु औषध चरेस सहित थाईल्याण्ड जान लागेका सिन्धुपाल्चोक घर भएका तेम्वा शेर्पालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट