त्रिशुलीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु-Sutra News

त्रिशुलीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

बुधबार, ६ भाद्र २०८०

बुधबार, ६ भाद्र २०८०

काठमाडौँ। त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ जनाको मृत्यु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएका छन्। उनले त्रिशूली बस दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै ८ जनाको निधन भएको जनाएका हुन्।

१७ जना घाइते भएका छन्। घाइतेमध्ये १३ जनालाई काठमाडौँ रेफर गरिएको छ भने ४ को मलेखुमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट