के दाइजोकै निहुँमा मारिएकी थिइन् त आरती ? यसो भन्छ माइती परिवार-Sutra News

के दाइजोकै निहुँमा मारिएकी थिइन् त आरती ? यसो भन्छ माइती परिवार

शनिबार, ९ भाद्र २०८०
आरती साहको न्यायका निम्ति धर्नामा बसेका सुभेक्ष्युक र अभियान्ता

धनुषा। धनुषाकी आरती साह मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले काम सुरु गरेको छ । नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएर आरती मृत्यु प्रकरणबारे सुक्ष्म अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधिलगायतसँग जानकारी लिएको छानबिन समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

आरतीका आमाबुबासहित आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंस्थित माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए । आरतीको हत्या गरिएको भन्दै छानबिन गर्न उनीहरूको माग छ । दाइजो नल्याएको निहुँमा सासू रेणुदेवी, ससुरा मदनमोहन, श्रीमान् मोतीबाबु र देवर रविले निर्घात कुटपिट गरी छोरीको हत्या गरेको आरोप आरतीका माइती पक्षले लगाएको छ ।

मृतकका ससुराली पक्षले आरतीले आत्महत्या गरेको दाबी गरेका छन् । प्रहरीले दुई जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

गत ७ जेठमा २२ वर्षीया आरती मृत्यु फेला परेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट