

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं सांसद जीवन परियारले संसदीय सुनुवाइ विशेष समितिको सभापति नबन्ने बताएका छन्। संसद्को संयुक्त समितिमा कांग्रेसले परियारलाई सभापति बनाउने तयारी गरेको थियो।
प्रतिनिधिसभाका अन्य १० वटा विषयगत समितिले सोमबार नेतृत्व पाए पनि दुईवटा संयुक्त समितिले भने नेतृत्व पाएका छैनन्। दुई संयुक्त समितिमध्ये एक कांग्रेस र अर्को एमालेको भागमा परेको छ ।
कांग्रेसको भागमा परेको सुनुवाई समितिको सभापति कांग्रेसका शेखर कोइराला समूहका परियारलाई दिने सभापति शेरबहादुर देउवाको भनाइ थियो ।