

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा पुगेर फेनले भेट गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपाल–अमेरिकाबीच सहयोग आदानप्रदानका विषयमा छलफल भएको बताइएको छ ।
विशेषगरी एमसीसी कार्यान्वयनको सन्दर्भमा छलफल भएको बताइएको छ ।
बुधबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच ‘लेटर अफ एक्सचेन्ज’ गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुवात भएको घोषणा गर्ने तयारी गरिएको छ । जसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्ड नेपाल आइपुगेका छन् ।
प्रधानमन्त्री स्वयम्ले मंगलबार सार्वजनिक कार्यक्रमका बीच दिएको अभिव्यक्तिले एमसीसीमाथि केही अन्योलता देखाएको छ । जसको सन्दर्भमा पनि राजदूतले जिज्ञासा राखेको बुझिएको छ ।