गोरखा-आँबुखैरेनी सडकमा शंकास्पद वस्तु फेला-Sutra News

गोरखा-आँबुखैरेनी सडकमा शंकास्पद वस्तु फेला

शनिबार, १६ भाद्र २०८०

शनिबार, १६ भाद्र २०८०

काठमाडौं। गोरखा-आँबुखैरेनी सडकखण्डअन्तरगत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा शंकास्पद वस्तु फेला परेको छ ।

शनिबार बिहान टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाकाा प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० अनुपम श्रेष्ठले जानकारी दिए ।

एसपी श्रेष्ठका अनुसार ‘मर्निङ वाक’ गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको एसपी श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट