को हुन् निरुता सिंहका श्रीमान्?-Sutra News

को हुन् निरुता सिंहका श्रीमान्?

शनिबार, १६ भाद्र २०८०

शनिबार, १६ भाद्र २०८०

काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन् ।

नेपाली दर्शकलाई भेट गर्न आफू छिट्टै नेपाल आउने पनि उनले फेसबुकमा लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट