

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएअनुसार दुर्घटनामा प्रहरी बल सिनामंगलमा कार्यरत प्रहरी जवान उषा थापा र सर्लाहीका राज भट्टराईको मृत्यु भएको छ ।
दुवै जनाको सिभिल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला छाप्रोस्थित सडकखण्डमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए ।
क्षेत्रीय उपत्यका बस व्यवसाय संघको बा.३.ख. ४८४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडीलाई ठक्कर दिएको थियो । त्यसपछि बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल समेत ठोक्किएको थियो।
दुर्घटनामा घाइतेहरूमध्ये ८ जना पुरूषको मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको छ। सिभिल अस्पतालमा ४ जनाको उपचार जारी छ।