बालेनको स्टाटसको पक्षमा बोल्यो सचिवालय, ‘ढोका खोल भन्दै भन्दै ट्राफिकले केरकार गर्‍याे’-Sutra News

बालेनको स्टाटसको पक्षमा बोल्यो सचिवालय, ‘ढोका खोल भन्दै भन्दै ट्राफिकले केरकार गर्‍याे’

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले लेखेको फेसबुक स्टाटसलाई लिएर उनको सचिवालयले प्रतिक्रिया दिएको छ।

सचिवालयका तर्फबाट शाहका स्वकीय सचिव भुपदेव शाहले प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शाहले विज्ञप्तिमा जनाएअनुसार हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो ।
आफ्नो स्वास्थ्य परीक्षण र एनआईसीयु (NICU)मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारीसाधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए । सवारीचालकले आफ्नो परिचयपत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सीटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट