नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर महानिर्देशकविरुद्ध मुद्दा-Sutra News

नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर महानिर्देशकविरुद्ध मुद्दा

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौँ। हवाई उडान नहुँदा नाबालकले ज्यान गुमाउन परेको विषयलाई लिएर उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । अधिवक्ता गणेशबहादुर वलीले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् ।

रिटमा हवाइ उडानमा रोक लगाउँदा बालकको ज्यान गएको दाबी गर्दै निर्णयकर्तालाई कारबाही र नाबालकका परिवारलाई क्षतिपूर्तिको माग गरिएको छ ।

क्यानले गत साउनमा पहाडी र हिमाली क्षेत्रका २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउँदा जहाज कुर्दाकुर्दै हुम्ला, सिमकोट गाउँपालिका ६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको थियो ।

इमरानलाई थप उपचारका लागि अस्पतालले सिफारिस गरेको थियो । जहाजको पर्खाइमा उनको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट