

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूर्योकमा हुने आगामी संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आगामी भदौ ३० मा प्रधानमन्त्री प्रचण्ड अमेरिका जाँदैछन् । प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन जानेछन् । भ्रमण तालिकाअनुसार असोज ३ गते उनी अमेरिकाबाट चीन जानेछन् ।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बताइएकाे छ । यसअघि गत साउन २५ मा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेका थिए ।