

काठमाडौं । भारतविरुद्ध २३ रन बनाएका नेपालका गुलसन झा क्याच आउट भए। एसिया कपमा भारतविरुद्ध छैटौँ विकेटका रुपमा नेपालले गुलसनलाई गुमाएको हो।
३५ बलमा ३ चौका हानेका गुलसन मोहम्मद सिराजको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए।
भारतविरुद्ध दोहोरो अंकको स्कोर छुने गुलसन तेस्रो खेलाडी हुन्। यसअघि ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ बलमा क्याच आउट भएका थिए।