

काठमाडौं । ‘रुटिन अफ नेपाल बन्द’ अचानक बन्द भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई बचाउ गरेर विवादमा आएको सोही पेज एकाएक बन्द भएको हो।
उक्त पेजका सञ्चालक भिक्टर पौडेलले केही बेरअघि फेसबुकमा स्टाटस लेख्दै ‘बोल्ड डिसिजन’ लिन लागेको बताएका थिए । त्यसलगत्तै फेसबुक पेज र इन्स्टाग्रामको पेज बन्द भएको हो । पाठकलाई कुनै सूचना दिइएको छैन ।
मेयर साहले महानगरको गाडीलाई सरकारले रोकेको भन्दै सिंहदरबारमा आगो लगाइदिने धम्कीपूर्ण स्टाटस लेखेका थिए । त्यसलाई लिएर बालेनको तीव्र आलोचना भएको थियो ।
भोलिपल्ट बिहानै रुटिन अफ नेपाल बन्दले बालेनको पुत्रीलाभको खबर सार्वजनिक गर्यो । तर, समाचारमा पुत्री लाभ केही दिन पहिल्यै भएको उल्लेख थिएन ।