

काठमाडौं। इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सीसी टिभी फुटेज बाहिरिएको छ।
उनीरुको गतिविधि देख्दा जोकोहीले पनि उनीहरु कार्यलयमा नभएर अन्यत्र भए जस्तो अनुभुति गर्न सक्छन् । सिसी टिभी फुटेजमा उनीहरुले यौन कृयाकलाप गरेको सहजै देखिएको छ ।
समाजिक सञ्जालमा बाहीरीएको तीनवटा भिडियोमा प्रमुख प्रशासकीय अधिकृत राई र लेखा अधिकृतले कार्यालय भित्रै गरेको हर्कतका कारण गाउँपालिकाको बेइज्जती भएको गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले बताए । उनले वास्तविकता बुझेर कारबाहीको प्रकृया अगाडी बढाउने बताए ।
फुटेज केही दिन अघिको भएका कारण प्रशासकीय अधिकृत यस अघि नै गाउँपालिका छाडेर अर्को स्थानीय तहमा गएको भनिए पनि उनलाई कार्यालयबाट आधिकारीक विदाई भने नगरिएको उनको भनाइ छ ।
अधिकृत राईले अहिले पनि कार्यलयको निमित्त कार्यालय प्रमुख लेखा अधिकृत रेश्मा राईलाई नै छाडेर हिँडेको अध्यक्ष थेवेले बताए।
यस विषयमा के भएको भन्ने आफुलाई केही थाहा नभएको र आज दिनभरी नै यो विषयमा सञ्चार माध्ययमले आफुलाई फोन गरी रहेको गाउँपालिकाका छैटौं अधिकृत गोकुल प्रसाद सञ्जेलले बताए ।
यस विषयमा कुरा गर्न प्रमुख प्रशासकिय अधिकत राईलाई पटक पटक फोन गर्दा उनले फोन नै उठाएनन् ।
रेश्माको दरबन्दी ओखलढुंगाको सुनकोशी गाउँपालिकामा रहेको भए पनि उनी काजमा माइजोगमाइमा काम गर्दै आएकी थिइन्।
प्रशासकीय अधिकृत राई भिडियो बाहिरिने डरले काडमाडौं आएर विभागमा केही दिन बसेर अहिले झापाको एक स्थानीय तहमा सरूवा भएका छन्।