

काठमाडौं । नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफ साताैँ वर्षमा प्रवेश गरेको छ । यसले तीन हजारभन्दा अधिक दम्पतीलाई आईभीएफ विधि मार्फत् सन्तान दिइसकेको छ ।
हरेक महिना करिब ६० देखि ७० प्रतिशतसम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको यस क्लिनिकमा अहिलेसम्म सात हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ गरिसकेको छ ।
निसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ । त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको विज्ञहरुको अनुभव छ ।
आईभीएफ सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्सालबाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ । आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको कार्यकारी प्रमुख प्रशान्त सुवेदीले बताएका छन् ।