संघीय निजामती ऐन सदनमा लैजाने मन्त्रिपरिषद्को निर्णय-Sutra News

संघीय निजामती ऐन सदनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं। सरकारले संघीय निजामती ऐन संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।



मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिइन् ।

यस्तै, बैठकले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्न, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

शर्माका अनुसार स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट