काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरेको छ।
काठमाडौं–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो। उनको उपचारको क्रममा बिहीबार निधन भएको थियो।
तर, यसरी दिईएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन्।