मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन सचिवको सरुवा-Sutra News

मन्त्रिपरिषद् बैठकले गर्‍यो तीन सचिवको सरुवा

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०
फाइल तस्बिर

काठमाडौं। मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ ।



सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ ।

नेपाल कानुन आयोगका सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिवमा सरुवा गरिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट