मुख्यमन्त्री कार्कीसँगै शपथ लिने यी हुन् तीनमन्त्री-Sutra News

मुख्यमन्त्री कार्कीसँगै शपथ लिने यी हुन् तीनमन्त्री

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।



संविधानको धारा १६८ (३) अन्तर्गत कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई सर्वोच्च अदालतले मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको थियो ।

उनी निवर्तमान मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीको समेत मत लिएपछि भदौ ६ गते सर्वोच्च गएका थिए ।

कार्कीले मुख्यमन्त्रीमा शपथ लिएसँगै ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री हुने भएका छन् । मेन्याङ्बोले यसअघि कार्की नेतृत्वमै यही मन्त्रालय सम्हालेका थिए ।

त्यस्तै खोटाङबाट निर्वाचन सांसद पाँचकर्ण राईले पर्यटन, वन तथा वातावरणमन्त्री र झापाबाट निर्वाचित सांसद एकराज कार्कीले भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ लिएका छन् ।

त्यस्तै, भोजपुरका समानुपातिक सांसद सृजना राई सामाजिक विकास राज्यमन्त्रीले समेत शपथ लिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट