जी-२० सम्मेलन सुरु, मोदीले गरे स्वागत-Sutra News

जी-२० सम्मेलन सुरु, मोदीले गरे स्वागत

शनिबार, २३ भाद्र २०८०

शनिबार, २३ भाद्र २०८०

काठमाडौँ। आजबाट जी-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ।

जी-२० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरू कार्यक्रममा उपस्थित रहेका छन् । जी-२० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ।

आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन्। २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जि २० मा १९ देश र एउटा युरोपीयन संघ आबद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरूलाई स्वागत गरेका छन् । साथै, उनले जि २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरे।

त्यस्तै, उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरूलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए।

सम्मेलनमा अफ्रिकी संघलाई स्थायी सदस्यका रूपमा समावेश गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्।

समूहको २० औं सदस्य युरोपेली संघ हो। अफ्रिकन युनियन यस संस्थामा स्थायी सदस्य बनेपछि अहिले १९ देश र दुई महासंघ सदस्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट