

काठमाडौं । ‘एक भगवत गीता’ फिल्मको नामलाई लिएर उत्पन्न विवाद समाधान भएको छ । चलचित्र विकास बोर्डको रोहबरमा भएको छलफलमा दुवै पक्षबीच सहमति भएको हो ।
सहमतिअनुसार ‘एक भगवत गीता’ को नाममा ‘एक भागवत र एक गीता’ रहनेछ । फिल्मको नाममा ‘सामाजिक कथा’ पनि राखिनेछ ।
दुई पक्षबीच सहमति भएसँगै चलचित्र विकास बोर्डले पनि आजै चलचित्रलाई सेन्सर सिफारिस गरिदिने भएको छ ।
यसअघि नामकै कारण फिल्म नै नचल्ने हो कि भन्ने आशंका जन्म भएको थियो । केही धार्मिक संघसंस्थाको विरोधपछि निर्माण पक्ष निकै निराश पनि भएको छ ।
यही भाद्र २९ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई केही धार्मिक संघसंस्थाले प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो ।