फेरि धरौटीमै छुट्ने भए भाटभटेनीका सञ्चालक मीनबहादुर-Sutra News

फेरि धरौटीमै छुट्ने भए भाटभटेनीका सञ्चालक मीनबहादुर

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौं । ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त प्रकरणमा मुछिएका सञ्चालक गुरुङसहित सबैलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवास प्रकरणमा गुरुङलाई मुख्य योजनाकारको रुपमा किटान गरेको थियो । सरकारी वकिल कार्यालयले भने उनीविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोग मात्रै चलाएको थियो । जुन अभियोग उनीसँगै सबै आरोपितमाथि लगाइएको थियो ।

गुरुङविरुद्ध यसअघि विशेष अदालतमा पनि सोही विषयलाई लिएर मुद्दा परेको थियो । विशेष अदालतले पनि उनीसँग दुई करोड धरौटी माग गरेकाे थियाे ।

सम्बन्धित समाचार

ललिता निवास प्रकरण : सबैलाई तारेखमा छोड्न आदेश

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट