

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको मंगलबार बिहान निधन भएको हो ।
यादव लामाे समयदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । गत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा उनकाे सघन उपचार भइरहेकाे थियाे ।
मधेश आन्दोलनमा यादवकाे सक्रिय भूमिका थियो ।