

काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार बिहान उक्त सुन बरामद गरेको हो।
भन्सार जाँचपास पार गराएर बाहिर आएको अवस्थामा सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एक अधिकारीले जानकारी दिएका छन् । प्रहरीले सुन ल्याउने व्यक्तिलाई पनि पक्राउ गरेकाे छ । तर, पक्राउ गरिएका व्यक्तिबारे भने प्रहरीले कुनैपनि जानकारी सार्वजनिक गरेको छैन ।
करिब ६१ किलाे सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन समातिएकाे हाे । जुन घटनाले विमानस्थलकाे भन्सार जाँचपासमा ठूलाे कमजाेरी रहेकाे देखाएकाे छ ।
आइतबारदेखि मात्रै विमानस्थल भन्सार कार्यालय कर्मचारीहरुले प्रहरीले आफूहरुमाथि छानबिनको नाममा दुःख दिएको भन्दै श्रृंखलाबद्ध विरोधको कार्यक्रम गरेका थिए । कर्मचारीहरुले सोमबारदेखि जाँचपास नै रोकेका थिए ।
कर्मचारीहरुले विरोधका कार्यक्रम घोषणा गरिरहेकै बखत किलोको दरले सुन तस्करी हुनुलाई स्वभाविक मान्न मिल्दैन ।
सम्बन्धित समाचार