नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक २८ भदौका लागि सारियो-Sutra News

नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक २८ भदौका लागि सारियो

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ।



पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनका कारण प्रतिनिधिसभा बैठक २८ भदौ दिउँसो ३ बजेका लागि सारिएको हो।

यसअघि प्रतिनिधिसभा बैठक २७ भदौ दिउँसो १ बजे बस्ने तय भएको थियो।

‘प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनका कारण २७ भदौ दिनको १ बजे बैठक बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले शोक प्रस्तावको प्रयोजनका लागि सभाको बैठक भदौ २८ गते दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।

पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको हृदयघातका कारण गएराति त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उनको बिहीबार अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट