नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु-Sutra News

नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

बिहिबार, २८ भाद्र २०८०

काठमाडाैं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उनकाे निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ ।

नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो। नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्
      सम्बन्धित समाचार

      ताजा अपडेट