राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि-Sutra News

राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि

बिहिबार, २८ भाद्र २०८०

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा उनलाई दुई छोराहरु मिङ्सो र सुहाङले दागबत्ती दिएका थिए ।

नेम्वाङको दाह संस्कारका बेला नेपाली सेनाको एक टुकडीले शोक धुन बजाएर सम्मान अर्पण गरेको थियो । नेपाली सेनाले तोपसमेत पड्काएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका थिए ।

नेम्वाङ्गप्रति श्रद्धाञ्जली दिन विभिन्न दलका शीर्ष नेता, उच्चपदस्थ, सरकारी अधिकारी, शुभेच्छुक पशुपति आर्यघाटमा पुगेका थिए ।

नेम्वाङको गत मंगलबार बिहान निधन भएको थियो । हृदयघात भएर अचेतक बनेका नेम्वाङलाई परिवारले अस्पताल पुर्‍याउने वित्तिकै जीवित नरहेको बताएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट