

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठक र भाद्र १८ र २२ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले निर्णय गरेअनुसार नेताहरुको कार्यविभाजन गरेको हो ।
पार्टी निर्णयबारे जानकारी दिन जारी अन्तरपार्टी निर्देशन (अपानी)मा नेताहरुको कार्यविभाजनबारे उल्लेख छ । अपानीअनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्ने उल्लेख छ भने महासचिव घनश्याम भुसालले समग्र सांगठनिक कामको अनुगमन गर्ने उल्लेख छ ।
यस्तै, सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाएका छन् । पार्टी उपाध्यक्ष प्रमेश हमाललाई एकीकृत समाजवादीले उपप्रमुखको जिम्मेवारी दिएको छ ।
यस्तै, नेता प्रदीप नेपालले प्रतिष्ठान इन्चार्जको जिम्मेवारी पाएका छन् ।
कसको जिम्मेवारी के ?
सम्बन्धित समाचार
एकीकृत समाजवादीले केन्द्रीय समितिमा थप्यो २१ सदस्य, को–को परे ? (सूचीसहित)