ढाकाकुमारले लगाएको आरोपलाई हामीले गम्भीर रुपमा लिएका छौँ : सन्तोष परियार-Sutra News

ढाकाकुमारले लगाएको आरोपलाई हामीले गम्भीर रुपमा लिएका छौँ : सन्तोष परियार

बिहिबार, २८ भाद्र २०८०

बिहिबार, २८ भाद्र २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले डा। ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि उठाएका विषयमा गम्भीर रूपमा अनुसन्धान सुरु गरेको बताएका छन् ।



बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपका सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्नेसमेत बताए ।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रूपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे ।

रास्वपाबाट निष्कासित डा। ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट