काठमाडौँ। राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।
राजासहितको प्रजातन्त्र, सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराज्य, संघीयता होइन सुदृढ स्थानीय स्वायत्त शासनको माग गर्दै आज प्रदर्शन गर्न लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, महङ्गी र कुशासनको विरुद्धमा जनता सडकमा आउन बाध्य भएको उनको भनाइ छ।
आज दिउँसो १ बजे भद्रकालीबाट शुरु हुने र्याली भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुनेछ। सभालाई पार्टी अध्यक्ष थापा लगायत नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालले जनाएको छ।