एकीकृत समाजवादीका लुम्बिनी सचिवले दिए पार्टीबाट राजीनामा-Sutra News

एकीकृत समाजवादीका लुम्बिनी सचिवले दिए पार्टीबाट राजीनामा

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले आफू स्वतन्त्र वामपन्थी बनेको उल्लेख गरेका छन्।



उनले लेखेका छन्,‘आजबाट स्वतन्त्र वामपन्थी, आहा क्या टाउको हलुङ्गो।’ उनी एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए।

गत प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। उनले केन्द्रीय समितिले कार्य विभाजनमा असन्तुष्टि जनाएको बताइएको छ। एकीकृत समाजवादीले बिहीबार नेताहरुको कार्यविभाजन हेरफेर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट