सर्वोच्चको न्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन-Sutra News

सर्वोच्चको न्यायाधीशमा शर्माको नाम सर्वसम्मत अनुमोदन

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ। शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको हो।

प्रस्तावित न्यायाधीश शर्माविरूद्ध एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ भएको हो । संसदीय सुनुवाइ समितिले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो।

संसदीय समितिकाे अनुमोदन पछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । शर्माले प्रधानन्यायाधीशबाट शपथ लिनेछन्।

ओखलढुङ्गा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषद्को बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट