एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँटमा दीपक मनाङेको पनि असन्तुष्टी, पद अस्वीकार-Sutra News

एकीकृत समाजवादीको जिम्मेवारी बाँडफाँटमा दीपक मनाङेको पनि असन्तुष्टी, पद अस्वीकार

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौँ। गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन्।



एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ।

मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै अस्वीकार गरेको घोषणा गरेका छन्। उनी भन्छन्, ‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ।’

यसअघि रामकुमारी झाक्री, राजु गुरुङलगायतले पनि कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन्। एकीकृत समाजवादीले हिजो मात्रै अपानि जारी गर्दै जिम्मेवारी बाँडफाँट गरेको थियो। जुन जिम्मेवारीका विषयमा अधिकांश नेता असन्तुष्ट छन्। बन्द कोठाभित्र बनाइएको अपानिको काम नभएको नेताहरु बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट