गैह्रीगाउँ हत्या प्रकरण : हत्या आशंकामा चार जना प्रक्राउ, प्रकाउ परेका सबै लागु औषध दुर्व्यसनी-Sutra News

गैह्रीगाउँ हत्या प्रकरण : हत्या आशंकामा चार जना प्रक्राउ, प्रकाउ परेका सबै लागु औषध दुर्व्यसनी

शनिबार, ३० भाद्र २०८०

काठमाडौँ। काठमाडौंको तीनकुनेमा पर्ने गैरीगाउँमा एकै परिवारका ३ सदस्यसहित ४ जनाको बीभत्स हत्या भएको छ। दिव्य सःमिलमा काम गर्ने चार जनाको शव आज  बिहान फेला परेको हो। धारिलो हतियार प्रहार गरेर बीभत्स ढंगले हत्या गरिएका २ पुरुष र २ महिलाको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या गरिएको हो।

अहिले घटनास्थलमा कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूको हत्या शुक्रबार राति १२ बजेतिर भएको प्रहरीको अनुमान छ।

यसैविच उक्त हत्या काण्डमा संलग्न रहेको आशंकामा अहिलेसम्म चार जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका मध्ये दीपेन्द्र राई घटनापछि आफैं प्रहरीकहाँ खबर गर्न पुगेका थिए। पक्राउ परेका अन्य तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीले जानकारी दिएको छ । हत्या गर्नुअघि उनीहरु तीनकुनेकै एक स्नुकर हाउसमा भेट गरेका थिए। स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए।

शुक्रबार राति करिब १० बजे तीनकुनेस्थित दिव्य काठ मिलमा उनीहरू प्रवेश गरेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस्
      सम्बन्धित समाचार

      ताजा अपडेट