ओलीले भने : देश प्रतिकूल अवस्थामा छ-Sutra News

ओलीले भने : देश प्रतिकूल अवस्थामा छ

शनिबार, ३० भाद्र २०८०

शनिबार, ३० भाद्र २०८०

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए।

शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै यसपछि देश सुध्रिने बाटोमा जानै पर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट