संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युर्योक लागे प्रधानमन्त्री-Sutra News

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युर्योक लागे प्रधानमन्त्री

शनिबार, ३० भाद्र २०८०

शनिबार, ३० भाद्र २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ । उनीसँग १० जनाको टिम न्युर्योक लागेको हो। परराष्ट्रमन्त्री एनपी साउद भने यसअघि नै अमेरिका पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट