तीजको अघिल्लो दिन ह्वात्तै बढ्यो सुनको मूल्य-Sutra News

तीजको अघिल्लो दिन ह्वात्तै बढ्यो सुनको मूल्य

आइतबार, ३१ भाद्र २०८०

काठमाडौं । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामै पाँच सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ थियो भने तेजाबी सुन एक लाख ११ हजार दुई सय ५० रुपैयाँ थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मागमा बढेको चापको कारण सुनचाँदीको मूल्य केही बढेको महासंघको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट