सुरक्षा जोखिम देखाउँदै मोरङमा तोकियो दुई महिनाका लागि निषेधित क्षेत्र-Sutra News

सुरक्षा जोखिम देखाउँदै मोरङमा तोकियो दुई महिनाका लागि निषेधित क्षेत्र

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको छ।

कोशी प्रदेशको राजधानी विराटनगरलाई केन्द्र बनाएर विविध समूहबाट विरोध, धर्ना, जुलुस, आयोजना गरी विरोधका कार्यक्रम भइरहने हुँदा उक्त गतिविधिबाट शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवं सामान्य तुल्याउन निषेधित क्षेत्र तोकिएको हो।

जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार असोज १ गते बिहान ०६ बजेदेखि २ महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै जानकारी दिएको हो।​

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट