चिकित्सक कुटपिट प्रकरण : सरकार र चिकित्सकबीच छ बुँदे सहमति-Sutra News

चिकित्सक कुटपिट प्रकरण : सरकार र चिकित्सकबीच छ बुँदे सहमति

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडौँ। सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ।

आइतबार साँझ भएको उक्त सहमतिसँगै चिकित्सिकहरूले थालेको आन्दोलन स्थगित भएको छ।

हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना डाक्टरलाई बिरामीका आफन्तले कुटपिट गरेको घटनाको विरोधमा चिकित्सकहरूले आइतबार आकस्मिकबाहेकका सेवा बन्द गरेर प्रदर्शन गरेका थिए।

चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि स्वास्थ्य मन्त्रालयले आजै वार्ता समिति बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट