

काठमाडौं । कोशी प्रदेशका दुईजना पूर्वमुख्यमन्त्रीहरु शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ।
भोजपुर गृहजिल्ला रहेका दुई नेताबीच धरानको एक होटलमा आइतबार राति भएको भेटवार्तामा कोशी प्रदेश सरकारलाई लिएर छलफल भएको स्रोतले जनाएको छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन र एकीकृत समाजवादीका सचिव राजेन्द्रबीच धरानको किचन होटल भएको वार्ताका क्रममा कोशीको वर्तमान सरकाराबरे छलफल भएको स्रोतले जनाएको छ।
उक्त भेटका क्रममा शेरधनले राजेन्द्रलाई एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की नेतृत्वको सरकारलाई अहिले समर्थन गरेर त्यसपछि मुख्यमन्त्री बन्न प्रस्ताव गरका छन्।
अहिलेलाई कार्की नेतृत्वको सरकारलाई सघाएर त्यसपछि आफू मुख्यमन्त्री बन्न शेरधनले राजेन्द्रसँग प्रस्ताव गरेको स्रोतले जनाएको छ।